दैलेखमा निर्वाचनकाे तयारी पुरा
मातृभूमी संवाददाता । ०३ मंसिर दैलेख
मंसिर ४ गते (भोलि) हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारी पुरा भएको मतदान अधिकृतहरुले वताएका छन् । आईतवार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । यतिबेला मतदान केन्द्र निर्माणमा कर्मचारी खटिएका हुन् । मतदान केन्द्रमा खटिएका कर्मचारी सहित स्थानीयको सहभागितामा मतदान केन्द्र निर्माण गरिएको मतदान अधिकृतहरुले वताएका छन् ।
दैलेखमा एक सय ३९ मतदान स्थल र दुई सय ७ वटा मतदान केन्द्र छन् । यस्तै जिल्ला कारागार कार्यालय दैलेख र जनता आधारभुत विद्यालयमा अस्थायी मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी मनमायाँ काउचाले जानकारी दिईन् । प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. १ मा ७३ मतदान स्थलमा १ सय ३ मतदान केन्द्र छन् । यसैगरी प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ मा ६६ मतदान स्थलमा १ सय ४ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।