ठाँटिकाँधका जेष्ठ नागरिक शाहीले गरे मतदान

मातृभूमी संवाददाता । ०४ मंसिर दैलेख
प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि विहान ७ वजेदेखी मतदान शुरु भएको छ । दैलेखको ठाँटिकाँध गाउँपालिका वडा नं. ३ का जेष्ठ नागरिक ९० वर्षिय पुरा वहादुर शाहीले मतदान गरेका छन् ।
दैलेखको ठाँटिकाँध गाउँपालिका वडा नं. ३ का जेष्ठ नागरिक ९० वर्षिय शाहीले गाविस भवन मतदान केन्द्र वहाँकोटवाट आज बिहान ७ बजे मतदान गरेका हुन् । गाविस भवन मतदान केन्द्रवाट शाहीले मत खसालेको उनका छोरा ठाँटिकाँध गाउँपालिका वडा नं. ३ का निवर्तमान वडाध्यक्ष कणर्वहादुर शाहीले जानकारी दिए ।
देशैभर आज बिहान ७ बजेदेखि मतदान गर्न सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published.