दैलेखमा समानुपातिकतर्फ एमाले पहिलो

हिक्मत ज्ञवली । १२ मंसिर दैलेख
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत दैलेखमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो भएको छ । प्रत्यक्ष निर्वाचनमा हार व्यहोरेको एमालेले समानुपातिकतर्फ आफ्नो जनमत कायम राख्न सफल भएको छ । समानुपातिकतर्फ नेपाली कांग्रेस दास्रो र माओवादी तेस्रो स्थानमा रहेका छन् ।
दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा एक लाख ५८ हजार ९ सय ५८ मतदाता रहेका छन् । दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ ९२ हजार १ सय २ मत खसेकामा एमालेले सबैभन्दा बढी ३३ हजार ६ सय ३० मत प्राप्त गरेको छ ।
यसैगरी नेपाली कांग्रेसले ३१ हजार ३ सय ४१ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ८ हजार ९ सय ९९ मत पाएको छ । चार हजार ४ सय ४२ मतसहित नेपाल मजदुर किसान पार्टी चौथो स्थानमा छ । नेकपा (एकीकृत समाजवादी)ले ४ हजार २ सय ४१ मत पाएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा ७८ हजार २ सय ८२ मतदाता रहेकोमा ४४ हजार ३ सय ३१ मत खसेको थियो । ४२ हजार १ सय १९ मत सदर हुँदा २ हजार २ सय १२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
यो क्षेत्रमा एमालेले १६ हजार ३ सय १३, कांग्रेसले १५ हजार ८ सय ३७, नेकपा माओवादी केन्द्रले २ हजार ६ सय ४५, राप्रपाले १ हजार ८ सय ५४, नेपाल मजदुर किसान पार्टीले ६ सय ४४, एकीकृत समाजवादी ३ हजार १ सय ६६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ८ सय ८७ मत पाएका छन् ।
यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा कुल ८० हजार ६ सय ७६ मतदाता रहेकोमा ४७ हजार ७ सय ७१ मत खसेको थियो । ४६ हजार ७९ मत सदर हुँदा १ हजार ६ सय ९२ मत बदर भएको थियो । यो क्षेत्रमा एमालेले १७ हजार ३ सय १७, कांग्रेसले १५ हजार ५ सय ४, माओवादी केन्द्रले ६ हजार ३ सय ५४, राप्रपाले ५ सय १८, नेपाल मजदुर किसान पार्टीले ३ हजार ८ सय ९८, एकीकृत समाजवादीले १ हजार ७५ र राष्ट्रिय स्वतन्त्र पार्टीले ९ सय ५ मत पाएको जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमायाँ काउचाले वताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *