शिक्षाको गुणस्तर सुधार गर्नका लागि शिक्षकहरुकै अग्रसरता जरुरी : नवनिर्वाचित सांसद थापा

मातृभूमी संवाददाता । १४ मंसिर दैलेख
दैलेख क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले शिक्षाको गुणस्तर सुधार गर्नका लागि शिक्षकहरुकै अग्रसरता जरुरी रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले दैलेख सदरमुकाममा आयोजना गरेको लैंगिक हिंसा अन्त्यको निम्ति गुणस्तरीय शिक्षाको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै नवनिर्वाचित सांसद थापाले शिक्षाको क्षेत्रमा सरकारले लगानी गरे अनुसार प्रतिफल आउन नसकेकोमा शिक्षक, अभिभावक र समुदायका संयुक्त पहलमा शैक्षिक गुणस्तर सुधार गर्न जुट्नुपर्ने सुझाव राखे ।
कार्यक्रममा नवनिर्वाचित कणर्ाली प्रदेशसभाका सदस्य कृष्ण कुमार बीसीले केन्द्र र प्रदेश सरकारसँग समन्वयमा रहेर शिक्षामा देखिएका समस्या सुल्झाउन स्थानीय सरकारले नै पहल कदमी लिनुपर्ने धारणा राखे ।
कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले शिक्षा क्षेत्रमा भएको लगानीको उचित सदुपयोग गर्न विद्यालय प्रशासन र समुदायको सक्रियता जरुरी रहेको बताईन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेखका अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष पुष्पा थापा लगाएतले आफ्नो धारण राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष यज्ञराज थापा, अधिकारकर्मीहरु गीता रम्तेल, प्रभाकुमार बिक, पत्रकार तीर्थ भण्डारी लगायतले शैक्षिक गुणस्तर सुधार, व्यवहारिक ज्ञानले समुदायमा हुने हिंसा र असामाजिक व्यवहारमा कमी आउने बिश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *