लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सडक नाटक प्रदर्शन
मातृभूमी संवाददाता । १४ मंसिर दैलेख
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा नारायण नगरपालिका ६ को रेडक्रस मावि भूर्तीमा सडक नाटक प्रदर्शन गरिएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा महिला माथि हुने घरेलु हिंसा र बालिका माथि हुने यौनजन्य हिंसा अन्त्यको शिक्षाप्रद सडक नाटक प्रदर्शन गरिएको हो ।
किशोरी आत्मरक्षा अभियानकर्मी सुनिता सोनी नेतृत्वको युवा समुहले अभिनय गरेको नाटक जीवन उपयोगी भएको रेडक्रस मावि भूर्तीका प्रधानाध्यापक पदमबहादुर थापाले बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी सहायक निरीक्षक असई सुशीला भूसालले महिला र किशोरी माथि हुने हिंसा रोकथाममा सरकारले ध्यान दिएको भएपनि त्यसका लागि पीडित न्यायको निम्ति अग्रसर हुनुपर्ने बताईन् ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि पत्रकार अमर सुनार, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला अध्यक्ष भरतराज अधिकारी र अक्फोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता गोपाल नेपालीले सामाजिक संरचना र लैंगिक हिंसा रोकथामका उपाय विषयमा बोलेका थिए ।