मातृभूमीले आफ्ना कर्मचारी, संचारकर्मी तथा पत्रकारको विमा गरिदिने

मातृभूमी संवाददाता । १४ मंसिर दैलेख
रेडियो मातृभुमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेखले आफ्ना कर्मचारी, संचारकर्मी तथा पत्रकारहरुको स्वास्थ बिमा र दुर्घटना बिमा गरिदिने भएको छ । वुधवार बसेको रेडियो संचालक संस्था मातृभुमी सन्चार केन्द्र नेपाल प्रा.लि.ले आफ्ना विभिन्न संचार माध्यममा कार्यरत कर्मचारी, संचारकर्मी तथा पत्रकारहरुको स्वास्थ्य बिमा र दुर्घटना बिमा गरिदिने निणर्य गरेको प्रा.लि.का अध्यक्ष भिम बहादुर सिजापतिले बताए ।
मातृभुमी सन्चार केन्द्र नेपाल प्रा.लि.द्वारा संचालित रेडियो मातृभुमी एफ.एम. ९६.५ मेगाहर्ज दैलेख, हाम्रो तेस्रोआँखा राष्ट्रिय दैनिक दैलेख, नौमुले पोस्ट साप्ताहिक दैलेख, मातृभुमी दर्पण साप्ताहिक दैलेख र मातृभुमी डिजिटल पत्रीकामा कार्यरत कर्मचारी, संचारकर्मी र पत्रकारहरुको १० लाख बराबरको दुर्घटना बिमा र १ लाख बराबरको स्वास्थ्य बिमा गर्ने निणर्य भएको अध्यक्ष सिजापतिले बताए ।
मातृभुमी सन्चार केन्द्र नेपाल प्रा.लि.द्वारा संचालित पत्रीका, अनलाइन र रेडियोमा गरी १४ जना भन्दा वढी कर्मचारी, संचारकर्मी तथा पत्रकारहरु कार्यरत रहेको प्रा.लि.का सदस्य महेन्द्र सापकोटाले वताए । सदस्य सापकोटाले भने, ‘प्रा.लि.ले जिल्लामा एक दैनिक पत्रिका, दुई साप्ताहिक पत्रिका, एक डिजिटल पत्रिका र एक ५०० वाट क्षमताको रेडियो संचालन गरिरहेका छौँ । हाम्रा यी संचार माध्याममा कार्यरत कर्मचारी, संचारकर्मी र पत्रकारहरुको स्वास्थ्य विमा र दुर्घटना विमा गर्ने निणर्य भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *