‘राज्यका निकायहरु सधैं सहयोगी’
मातृभूमी संवाददाता । १६ मंसिर दैलेख
दैलेखका प्रहरी इञ्चार्ज डीएसपी भुवनेश्वर साहले महिला तथा बालबालिका र पछाडि पारिएको समुदायको न्यायको निम्ति राज्यका निकायहरु सधैं सहयोगी रहेको बताएका छन् ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा नारायण नगरपालिका ५ भैसेखोर स्थित महेन्द्र मावि सोतमा शुक्रवार लैंगिक हिंसा रोकथाम सम्वन्धी सडक नाटक र किशोरी आत्मरक्षा अभिमुखीकरण कार्यक्रममा डीएसपी साहले उक्त विचार राखेका हुन् ।
डीएसपी साहले किशोरीहरुलाई आफू सुरक्षित रहन सीप र ज्ञान दिएको
बताए । उनले महिला र किशोरी माथि हुने हिंसा रोकथाम सरकारले ध्यान दिएको तर त्यसको लागि पीडित न्यायको निम्ति अग्रसर हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक)को महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम अधिकृत प्रभाकुमार बिकले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान बारे प्रकाश पार्दै हिंसा बिरुद्ध बोल्न थालिएपछि मात्र सुरक्षित हुन सक्ने धारणा राखे ।
यसैबीच बालिकाहरुलाई हुने यौनजन्य हिंसाबाट जोगिने उपाय विषयमा मङ्सिर १६ गते किशोरी आत्मरक्षा अभिमुखीकरण गरिएको छ ।
किशोरी आत्मरक्षा अभियानकर्मी सुनिता सोनी नेतृत्वको किशोरी आत्मरक्षा समूहले बालिकाहरु माथि हुने यौन हिंसा र बलात्कार घटनाबाट जोगिने उपाय र सीप बारे नमूना अभ्यास प्रस्तूत गरिएको थियो ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि पत्रकार अमर सुनार, किशोरी आत्मरक्षा अभियन्ता सुनिता सोनी, महेन्द्र मावि सोताका सहायक अध्यापक पदमबहादुर बोहोराले सामाजिक संरचना र लैंगिक हिंसा रोकथामका उपाय विषयमा प्रकाश पारेका थिए ।