श्रीमति हत्या कुसरमा जन्म कैदको फैसला
मातृभूमी संवाददाता । १७ पौष दैलेख
श्रीमति हत्या कसूरदारलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । गुराँस गाउँपालिका १ खड्कवाडाका २४ वर्षीय प्रेमबहादुर बिकलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिए ।
घरायसी सम्वन्ध बिग्रिएपछि डुंगेश्वर गाउँपालिका ६ लटालीस्थित माइती घरमा बस्दै आएकी २१ वर्षीया सुनिता बिक गोठाला गएको मौका पारी २०७७ कात्तिक १७ गते दिउँसो बाँधे भन्ने जंगलमा हत्या गरेको कसूरमा मुद्दा चलेको थियो ।
करिब २ घण्टा गाडीको यात्राबाट त्यहाँ पुगिने माइती गाउँ लटालीमा पुग्दासम्म कसैसंग नदेखिएर सुनिताले भैंसी लिएर जंगलमा गएको बाँधे जंगलमा पुगेर पहिले यौन सहवासपछि हत्या भएको भन्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट जन्मकैद २५ वर्षको फैसलाका अलवा बलात्कार समेत पुष्टी भएको जनाउँदै बलात्कारमा ३ वर्ष थप कैदको फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी नासु न्यौपानेले जानकारी दिए ।