दैलेखको नारायण नगरपालिकाद्धारा डस्टविन वितरण

हिक्मत ज्ञवली । १८ पौष दैलेख
दैलेखको नारायण नगरपालिकाले नगरलाई स्वच्छ र सरसफाई युक्त वनाई राख्नका लागि डस्टविन वितरण गरेको छ । नगरपालिकाले सदरमुकामका २ सय ६ घरलाई डस्टविन वितरण गरेको हो । नारायण नगरपालिकाको वजार क्षेत्रलाई स्वच्छ र सफा राख्नका लागि प्रति घर एक डस्टविन वितरण गरिएको नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता थापाले वताईन् ।
नगरपालिकाको यस कार्यले नारायण नगरपालिकालाई स्वच्छ र सफा बनाउने कार्यमा थप टेवा पुग्ने नारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जनक न्यौपानेले वताए । वजार क्षेत्रमा राखिएका डस्टविनमा फोहोर फाल्न र नगरपालिकाका सरसफाई कर्मचारी र गाडि आएको वेला गाडिमा फोहोर हालेर सहयोग गर्न वडाध्यक्ष न्यौपानेले अनुरोध गरे ।
नारायण नगरपालिकाले दैलेख सदरमुकामका ६ सय घरधुरीमा डस्टविन वितरण गर्ने योजना रहेको नारायण नगरपालिकाका उपप्रमुख थापाले वताईन् । पहिलो चरणमा २ सय ६ घरधुरीलाई डस्टविन वितरण गरिने र आगामी दिनमा ६ सय घरधुरीलाई डस्टविन वितरण गरिने वताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *