दैलेखको दुल्लु अस्पतालमा अप्रेशन थियटर स्थापना

मातृभूमी संवाददाता । १८ पौष दैलेख
दैलेखको दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पतालले अप्रेशन थियटर सञ्चालनमा ल्याएको छ । दुल्लु नगरपालिकामा सञ्चालन रहेको अस्पतालमा थियटर स्थापना गरि सञ्चालनमा ल्याईएको हो । दुल्लु अस्पतालमा स्थापना गरिएको अप्रेशन थियटर सोमवार प्रतिनीधिसभा सदस्य सीताकुमारी रानाले कणर्ाली प्रदेश सभा सदस्य घनश्याम भण्डारी लगाएतको उपस्थितीमा उद्घाटन गरेकी हुन् ।
अप्रेशन थियटर उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सीताकुमारी रानाले अबदेखि कुनै पनि सुत्केरी आमा र नवजात शिशुले अकालमै ज्यान गुमाउनु पर्ने कहाली लाग्दो अवस्थाको अन्त्य हुने बताईन् । प्रतिनिधीसभा सदस्य रानाले पाइल्स जस्ता रोगहरूको उपचार घरदैलोको अस्पतालबाट पाईने बताईन् । अस्पताल सञ्चालनमा सहयोगी हातहरूको खाँचो रहेको प्रतिनिधीसभा सदस्य रानाको भनाई छ ।
अप्रेशन थियटर उद्घाटन कार्यक्रममा दुल्लु नगरपालिकाका नगरप्रमुख भरतप्रसाद रिजालले अप्रेशन थियटर स्थापनासँगै दैलेखसहित अछाम र कालिकोटका नागरिकले सहज सेवा पाउने बताए । स्रोत साधनको कमी र आर्थिक व्यवस्थापनमा कठिनाई रहेपनि हाल उपलब्ध जनशक्ति र विभिन्न निकायको सहयोगमा अस्पतालबाट गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिएको नगरप्रमुख रिजालले दावी गरे । नगरप्रमुख रिजालले भने, ‘नगरपालिकामा रहेको अस्पतालमा थुप्रै कठिनाईहरु छन् । यद्धपी हामीले गुणस्तरिय स्वास्थ्य सेवा दिईरहेका छौँ ।’ नगरप्रमुख रिजालले प्रदेश सरकारसँग अस्पताल सञ्चालमा सहयोग माग गरिएको बताए । उनले अहिलेसम्म संघ र प्रदेश सरकारबाट सहयोग नपाएको वताउँदै संघ र प्रदेश सरकारसँग सहयोग गर्न निरन्तर अनुरोध गरिरहेको वताए ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. राजन नारायण नकर्मीले आगामी दिनमा शल्यक्रिया मार्फत प्रसुतीदेखि सामान्य खालका सबै शल्यक्रिया लगाएतका सेवा दुल्लु अस्पतालवाट प्रदान गरिने बताए । डा. नकर्मीले भने, ‘दुल्लु नगरपालिका, निक साइमण्ड इन्सिच्युट लगाएतका निकायको सहयोगमा थ्रियटर सञ्चालनमा ल्याईएको र अव प्रसुती सेवादेखि पाइल्स, हाइड्रोसिल लगाएत सामान्य शल्यक्रिया गरिने छ ।’ अस्पतालमा पूणर्रुपमा जटिल प्रकारका शल्यक्रिया सेवा वाहेकका सेवा प्रदान गरिने डा. नकर्मीले वताए ।
हाल १५ शैया रहेको दुल्लु अस्पताल २०४० सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भएको थियो । स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य केन्द्र हुँदै २०७१ सालबाट अस्पतालमा स्तरोन्नतीको पहल थालिएको थियो । २०७४ सालबाट नगरपालिकाले सञ्चालन गर्ने गरि १५ शैयाको अस्पताल सञ्चालनमा ल्याईएको हो । हाल उक्त अस्पतालमा एकजना एमडिजीपि डाक्टर, तीन जना मेडिकल अफिसर, स्टाफनर्स र अनमी ११, एचए र अहेव ९, ल्याब टेक्निसियन तीन जना सहित ४५ जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालमा दुईवटा एम्बुलेन्स रहेको र एउटा एम्बलेन्स बिग्रीएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *