दैलेखमा टिप्पर दुर्घटना हुदा एक जनाको मृत्यु, दुइ जना घाइते
मातृभूमी संवाददाता । १९ पौष दैलेख
दैलेखको दुल्लुमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भे १ ग ७७ नम्वर टिप्पर मध्यपहाडी राजमार्ग अन्तरगत दुल्लु नगरपालिका ९ मा पर्ने गोबे धारामा टिप्पर दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाईते भएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।
दुर्घटनामा परी दुल्लु नगरपालिका ३ सियालाका अन्दाजी २८ बर्षका धनबहादुर बुढाको दुल्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टिप्पमा रहेको दुल्लु नगरपालिका ७ का अन्दाजी ३५ वर्षका नगेन्द्र रावत र दुल्लु नगरपालिका २ का अन्दाजी ३२ वर्षका पुणर् थापा घाईते भएका छन् । घाईतेहरुको दुल्लु अस्पतालमा उपचार भैरहेको छ । टिप्पर सडकबाट करीब १ सय ५० मिटर तल खसेको छ । घाईतेको दुल्लु अस्पतालमा उपचार भैरहेको छ । उनीहरु दुल्लु नगरपालिकामा कार्यरत थिए । घाईतेको दुल्लु अस्पतालमा उपचार भैरहेको छ । उनीहरु दुल्लु नगरपालिकामा कार्यरत थिए ।