घरभित्रै जलेको अवस्थामा एक पुरुषको शव फेला

तुल्सी कटुवाल । २४ पौष दैलेख
दैलेखको भैरबी गाउँपालिका ४ मा घरभित्रै जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले अन्दाजी ४० वर्षका नरेश बिक जलेको अवस्थामा फेला परेको वताए । प्रहरी निरीक्षक कार्कीका अनुसार जलेको अवस्थामा फेला परेका बिकले आफ्नै घरमा आगो लगाएका हुन् ।
भैरवी गाउँपालिका ४ रिङगाटेका नरेशले शनिवार साँझ साढे सात बजे आफ्नै २ तले ३ कोठा भएको कच्ची घरमा आगो लगाएको भनेर स्थानीयले प्रहरीलाई खवर गरेका थिए । राती साढे ११ बजे स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।
आफ्नै घरमा आगो लगाएर फरार रहेको भनिएका नरेशको आइतवार विहान जलेको अवस्थामा शव फेला परेको हो । आइतवार विहान जलेको घरमा अन्य केहि क्षती भएको छ की भनेर खोजतलास गर्दा आधा शरिर घरको छानोले पुरिएको र आधा जलेको अवस्थामा उनको शव फेला परेको प्रहरी निरीक्षक कार्कीले बताए ।
घटनाबारे इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडाकुडा सहित ३ लाख बराबर क्षती भएको प्रहरी निरीक्षक डाँगीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *