राउटे समुदायमा बाल मृत्युदर ५० प्रतिशतभन्दा बढी

मातृभूमी संवाददाता । २७ पौष दैलेख
राउटे समुदायमा बाल मृत्युदर ५० प्रतिशत भन्दा वढी रहेको छ । राउटे समुदायमा पछिल्लो पाँच वर्षमा जन्मिएका २७ शिशुमध्ये १६ जनाको मृत्यु भएको छ । पछिल्लो पाँच वर्षमा जन्मिएका शिशुको तथ्यांकलाई हेर्दा राउटे समुदायमा बाल मृत्युदर ५० प्रतिशत भन्दा वढी रहेको छ ।
राउटे परियोजनाको एक तथ्यांक अनुसार २०७५ साउनदेखि २०७८ मंसिरसम्म २७ जना शिशुको जन्म भएको छ । यो पाँच वर्षको अवधिमा जन्मिएका २७ शिशुुमध्ये १६ जनाको मृत्यु भएको छ ।
राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले अभिभावकले मदिरा सेवन गरेर नवजात शिशुको हेरचाह नगर्दा शिशुहरूले जन्मिएको केहि दिन भित्रै ज्यान गुमाउने गरेको बताए । चिसो भुइँमा सुत्नु, पोषणयुक्त खानपिन नहुनु, अभिभावक मदिराको लतमा फँसेर शिशुको हेरचाह नगर्नुले नवजात शिशुले अकालमै ज्यान गुमाउने गरेको जोडी शिक्षक खत्रीले वताए ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश प्रमुख लोकनाथ बाँस्तोलाले राउटे नागरिकको जीवन रक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य, सरसफाई, शिक्षा र पौष्टिक खानामा विशेष ख्याल गर्नुपर्ने बाँस्तोलाको धारणा छ । राउटे समुदायमा भैरहेको अत्यधिक मदिरा सेवनलाई तत्काल रोक्न नसके राउटेको अस्तित्व नै सखाप हुन सक्ने बाँस्तोलाको भनाई छ ।
राउटे समुदायका व्यक्तिहरूलाई मदिरा बेचबिखन रोक्न आवश्यक कदम चाल्ने दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले वताए । राउटे समुदायको अस्तित्व संरक्षणका लागि मदिराको प्रयोगलाई रोक्न आवश्यक कदम चाल्ने प्रमुख जिल्ला अधिकारी हमालले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *