दैलेखमा गाडि दुर्घटना, ७ जना घाईते
मातृभूमी संवाददाता । १७ माघ दैलेख
दैलेखमा गाडि दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी कर्णाली राजमार्ग अन्र्तगत पाल्तडामा दुर्घटना भएको हो ।
गाडीमा चालक सहित १५ जना सवार रहेको र ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए । डिएसपी साहका अनुसार दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको र पालेतडा स्थिती शाही मेडीकलमा उपचार भइरहेको छ ।
दुर्घटनामा भएको थप क्षतीको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गाडि सडकभन्दा करीब ८० मिटर तल खसेको जनाईएको छ ।