नारायणका असल आमालाई प्रोत्साहन

मातृभूमी संवाददाता । २० माघ दैलेख
दैलेखको नारायण नगरपालिकाले असल आमालाई प्रोत्साहन गरेको छ । असल आमा प्रोत्साहनमा तोकेको मापदण्ड पुरा गरेका असल आमालाई प्रोत्साहन गरेको नारायण नगरपालिका दैलेखका स्वास्थ्य शाखा सहसंयोजक लालवहादुर खड्काले जानकारी दिए ।
नगरपालिकाले असल आमा हुन २० वर्ष उमेर पुगी विवाह गरेको हुनुपर्ने, चार पटक गर्भ जाँच गरेको हुनुपर्ने, स्वास्थ्य संस्थामा सुत्केरी भएको हुनु पर्ने, बच्चालाई पूणर् खोपको मात्रा लगाएको हुनु पर्ने र दुई सन्तान मात्र भएको हुनुपर्ने लगाएतका मापदण्ड तय गरेको थियो ।
नगरपालिकाका ११ वटा वडा मध्ये नौ वडाका ८४ जना असल आमालाई शुक्रवार एक कार्यक्रमकावीच सम्मान गरिएको छ । वडा नम्कर १० र ११ वडाका १९ असल जना असल आमाहरुलाई वडामै पुगेर प्रोत्साहन गरिने सहसंयोजक खड्काको भनाई छ ।
नगर प्रमुख लोमन शर्माले नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा, बच्चालाई पोषण युक्त खाद्य बस्तु खुवाउने, आमा र शिशुको मृत्युदरमा कमी ल्याउन, महिला र बालबालिका मैत्री सेवा विस्तार गरी नागरिकलाई निरोगी र स्वावलम्बी बनाउन असल आमा प्रोत्साहन कार्यक्रम संचालन गरिएको बताए ।
समृद्ध नगर निर्माण गर्न असल आमा प्रोत्साहन, गर्भवती महिलासँग उपमेयर, जेष्ठ नागरिकहरुको न्ःिशुल्क स्वास्थ्य जाँच र औषधी वितरण जस्ता कार्यक्रम संचालन गरिएको नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले वताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *