गाउँमै सामाजिक सुरक्षा र स्वास्थ्य उपचार

मातृभूमी संवाददाता । २४ माघ दैलेख
दैलेखको महाँवु गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गर्न थालेपछि सेवाग्राही उत्साहित बनेका छन् । गाउँपालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैंक सम्म पुगेर भत्ता लिन कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरु खुशी भएका हुुन् । घन्टौँ हिडेर बैंक सम्म पुगी लाइन बसेर सामाजिक सुरक्षा भक्ता बुझ्दै आएका सेवाग्राहीले वडाबाटै रकम बुझ्न पाउँदा निकै उत्साहित भएको वताए छन् ।
महावु गाउँपालिकाले यहि माघ २२ गतेदेखी वडा नं. ६ को टाकुरीवाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको हो । वडा नं. ६ वाट सुरु भएको अभियान फागुन ४ र ५ गते वडा नं. १ खरिगैरामा पुगेर सकिने जनाईएको छ । पालिकाले सामाजिक सुरक्षा भक्तासँगै जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गर्ने कार्यक्रम समेत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *