दैलेख सदरमुकाममा स्वास्थ्यकर्मी स्तरीय आधारभूत तालिम सुरु

मातृभूमी संवाददाता । २९ माघ दैलेख
दैलेख सदरमुकाममा स्वास्थ्यकर्मी स्तरीय आधारभूत तालिम सुरु भएको छ । समुदायमा आधारित नबजात शिशु तथा बालरोगको ब्यबस्थापन कार्यक्रम अन्तरगत आइतवारदेखी ६ दिने स्वास्थ्यकर्मी स्तरीय आधारभुत तालिम सुरु भएको हो । सेभ द चिल्ड्रेन एभरेस्ट क्लब दैलेखको आर्थिक सहयोग र स्वास्थ सेवा कार्यालय दैलेखको आयोजनामा सन्चालन भएको तालिम फागुन ५ गतेसम्म सन्चालन हुनेछ ।
तालीम अबधिभर ५ बर्ष मुनिका बच्चा र सुत्केरी आमाको स्याहार सुसार लगाएतका बिषयमा स्वास्थ्यकर्मिलाई अभिमुखिकरण गरिने छ । चामुण्डाबिन्द्रासैनी र आठबिस नगरपालिकाका स्वस्थ्यकर्मिहरु सहभागी रहेको तालिममा स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. धर्मराज रेग्मीले सबै बच्चाहरुले समान खालको स्वास्थ्य उपचार पाउन भन्ने उदेश्यले तालिम संचालन गरिएको वताए । प्रमुख डा. रेग्मीले तालिम पश्चात् बाल मृत्युदरमा कमि आउने अपेक्षा रहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *