कक्षा १ मा अध्यापन गर्ने शिक्षकहरूका लागि ४ दिने तालिम सुरु

मातृभूमी संवाददाता । ०१ फागुन दैलेख
कक्षा १ मा अध्यापन गर्ने शिक्षकहरूका लागि प्रारम्भिक सिकाई तथा बिकास मापदण्ड बमोजिम सिकाई तथा बिकास स्तर मापन र सुधारात्मक सिकाई सहयोग सम्बन्धी कस्टमाइज तालीम दैलेख सदरमुकाममा सुरु भएको छ ।
तालिमको उद्घाटनमा वोल्दै नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बालबालिकाको सिकाईसँगै शारीरिक र मानसिक बिकासको पनि मुल्यांकन गर्नुपर्ने वताए । बालबालिकाको मानसिक र शारीरिक बिकासका लागि पोषण, सरसफाई लगायतका विषयमा पनि ध्यान दिनुपर्ने शर्माले वताए ।
‘सिकाईका लागि शैक्षिक सामाग्रीको तयार गरि प्रयोगात्मक ढंगबाट गर्नुपर्छ । प्रम्परागत किसिमले पठनपाठन गर्दा सिकाई उपलब्धि हुँदैन ।’ नगरप्रमुख शर्माले भने, ‘शिक्षकले मात्रै तालीम लिएर उदेश्य हासिल नहुने भएकाले अभिभावकलाई पनि तालिम दिने योजना नगरपालिकाले वनाएको छ ।’
सकेसम्म २/२ महिनाको फरकमा तालिम संचालन गर्ने योजना बनाएको भन्दै नगरप्रमुख शर्माले यहि महिनाबाट नगरपालिका भरिका बिद्यालयको अनुगमन समेत गरिने वताए ।
कार्यक्रममा निमित्त प्रमुख प्रसासकिय अधिकृत निरक बहादुर रावलले बिगतमा पनि तालिम लिएको र बिगतका तालिमबाट पनि सिकाई भएको वताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत रावलले जग बलियो भयो भने घर बलियो हुने भन्दै यहाँ सिकेका कुराहरूलाई बिद्यालयमा लागू गर्न शिक्षकहरुलाई आग्रह गरे । उनले कक्षा १ मा सिकेका कुराले नै आगामी कक्षामा सहयोग हुने वताए ।
तालिमका सहभागी शिक्षकहरु धनबहादुर गुरुङ र कमला कुमारी तिवारीले बिगतमा लिएको तालिमबाट बालबालिकालाई सिकाईमा सहयोग भएको वताएका थिए । उनीहरुले बालबालिकाको सिकाईका लागि शिक्षक मात्रै नभै अभिभावकको समेत सहयोग आबश्यक रहेको वताए । यस तालिम पश्चात अझ सहयोग हुने अपेक्षा रहेको वताए ।
दैलेख सदरमुकाममा सुरु भएको चार दिने तालिमको उद्घाटन समारोहको समापन गर्दै सेतो गुराँस बाल बिकास सेवा दैलेखका कोषाध्यक्ष गंगाराम रोकायले आम सरोकारवालाको ध्यान ठूलो कक्षामा मात्रै हुने भएकाले प्रारम्भिक बाल कक्षामा ध्यान दिन अनुरोध गरे ।
तालिममा नारायण नगरपालिकाभरिका २० जना शिक्षकको सहभागीता रहेको छ । तालिम फागुन ४ गतेसम्म संचालन हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *