छिमेकीबाट एक जनाको हत्या

मातृभूमी संवाददाता । २३ फागुन दैलेख
छिमेकी युवाहरुको कुटपिटबाट नारायण नगरपालिका ११ बिन्ध्यवासिनीका ५३ वर्षीय गगनबहादुर बिकको मृत्यु भएको छ । छिमेकीका श्रीमान् श्रीमति झगडा गरिरहेको ठाउँमा सम्झाउन खोज्दा गगनबहादुर माथि जाई लागेर घाईते बनाएको र उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।
गगनबहादुरलाई कसैले कुटपिट गरेका भन्ने जानकारीका आधारमा घटनास्थल पुगेर प्रहरीले घाइते अवस्थामा फेला पारेको र उपचारका लागि दैलेख अस्पताल पुर्‍याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।
घातक हतियार लाठी समेत टाउको, छाति र ढाडमा कडा चोट लागेर अत्याधिक रगत बगेको कारण घाइतेको ज्यान गएको उपचारमा संलग्न दैलेख अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् ।
बिन्ध्यवासिनीको भनभने पुल नजिकै आफ्नो घट्टमा काम गर्दै गरेका बिकलाई छिमेकी २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढाले कुटपिट गरेर मसानघाट लोहोरे खोलामा फाल्न खोेजेको बेला स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ ।
घटनामा संलग्न आरोपितहरुको खोजी भइरहेको र घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) लम्सालले जानकारी दिनुभयो । मृतक गगनबहादुरका एक श्रीमति, चार छोरी र दुई छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *