नारायण क्याम्पसको ताला खुल्यो

मातृभूमी राजनितिक व्युरो । ०२ चैत्र दैलेख
दैलेखको नारायण क्याम्पसमा लगाइएको ताला खोलिएको छ । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको आंगिक नारायण क्याम्पसको स्ववियु निर्वाचन लागि प्रतिस्पर्धी विद्यार्थी संगठनहरु निर्वाचनमा जान तयार रहेको जनाएपछि ताला खोलिएको हो ।
अनेरास्ववियूवाट अध्यक्ष पदका उम्मेदवार खम्बिरा बुढा, अखिल क्रान्तिकारीका रामकुमारी शाही र एकीकृत समाजवादी समर्थक अनेरास्ववियुका सहसचिव हिक्मत बुढाले एक विज्ञप्ती जारी गर्दै निर्वाचनमा जान आफूहरु तयार रहेको जनाइएको छ ।
एमाले समर्थक अनेरास्ववियूका अध्यक्ष पदका उम्मेदवार खम्बिरा बुढाको पक्षधरता क्रान्तिकारीका कोषाध्यक्षका उम्मेदवार दिलमाया थापाले उम्मेदवारी फिर्ता लिएपछि क्याम्पसमा एक सातादेखि ताला लगाएको समूह ताला खुलाउने सहमत भएको हो ।
मध्यपश्चिम विश्वविद्यालयले निर्वाचन गराउने तयारी गरिरहेको बेला निर्वाचन अधिकृत नरेन्द्रप्रसाद उपाध्यायको राजीमाना माग गर्दै ताला लगाएको पक्षले ताला खुलाउदा यी मागहरुका विषयमा वोलेको छैन ।
‘निर्वाचन तयारी हुँदा ताला लगाउनुभयो, विश्वविद्यालयले निर्वाचनका सबै कार्यक्रम स्थगित गरेको बेला अहिले के निर्वाचन चाहियो भन्नुहुन्छ ? के सहमती हो ? फेरि ताला खुलाउनु भएछ ?’ नेबिसंघका स्ववियू अध्यक्षका उम्मेदवार बिनोद आचार्यले भने ।
यसबारे ध्यानाकर्षण गराउँदा ताला लागेको समयमा स्थानीय प्रशासन, राजनीतिक दल लगायतको छलफलबाट विद्यार्थी संगठनहरुलाई नै विवाद सुल्झाउन जिम्मा दिएपछि विद्यार्थी संगठनहरुले सहमती निकालेका नारायण क्याम्पसको ताला खुलेको क्याम्पस प्रमुख नरबहादुर शाहीले बताए ।
क्याम्पस प्रमुख शाहीले उच्च अदालतमा रिट परेको कारण मध्यपश्चिम विश्वविद्यालयले हाललाई स्ववियु निर्वाचन स्थगित गर्ने निणर्य गरेकोले हाललाई निर्वाचनका सबै काम स्थगित गरिएको र विश्वविद्यालयको आदेशपछि निर्वाचन गराउँने वताए ।
दैलेखमा रहेका ५ क्याम्पस मध्ये मध्यपश्चिम विश्वविद्यालयको आंगिक नारायण क्याम्पसको निर्वाचन स्थगित भएपनि त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन लिएका दुल्लूको द्रोणाचल, तिलेपाटाको आठबीस, हाडाकोटको चामुण्डा र अवलपराजुलको कोटदेवल जनआदर्शको निर्वाचन चैत ५ गते हँुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *