यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनौटमा

मातृभूमी संवाददाता । ०२ चैत्र काठमाण्डौ
विश्व क्रिकेट लिग टू क्रिकेटको अन्तिम खेलमा यूएई विरुद्ध जित निकाल्दै नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ ।
लिग टू को शीर्ष ३ मा स्थान बनाउँदै नेपालले ग्लोबल छनोटका लागि जिम्बावेको टिकट पक्का गरेको हो । ३ सय ११ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकियो । त्यसपछि नेपाल डिएल मेथडका आधारमा ९ रनले विजयी भएको हो ।
नेपालका लागि चार खेलाडीले अर्धशतक प्रहार गरे । भीम सार्कीले सर्वाधिक ६७, आरिफ शेखले ५२ र कुशल भूर्तेलले ५० रन बनाउँदा गुल्सन झा ५० रनमा अविजित रहे ।
कप्तान रोहित पौडेल १६, कुशल मल्ल ५ रन बनाएर आउट हुँदा आसिफ शेख शून्य रनमा पेभिलियन फर्किए । दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे । यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।
युएईका लागि आसिफ खानले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा नटआउट १ सय १ रनको महत्वपूणर् पारी खेले । भ्रित्या अरविन्दले ९४, कप्तान मोहम्मद वासिमले ६३ रनको योगदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *