दैलेखमा २४ परीक्षा केन्द्र निर्धारण

मातृभूमी संवाददाता । ०६ चैत्र दैलेख
दैलेख जिल्लामा यस पालिकाको एसइई परीक्षाका लागि २४ परिक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लामा यसपालि नियमित, ग्रेड वृद्धि र प्राविधिकतर्फ गरी ५ हजार ७ सय ३५ विद्यार्थीले परिक्षा दिने भएका छन् । जसमध्ये नियमिततर्फ ५ हजार १ सय ८१ जना, ग्रेड वृद्धिका लागि ४ सय १२ जना र प्राविधिकतर्फ १ सय ४२ जना गरी जम्मा ५ हजार ७ सय ३५ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त इकाइ प्रमुख रतन वहादुर विष्टका अनुसार छात्रातर्फ ३ हजार १० जना र छात्रतर्फ २ हजार ७ सय २५ जना रहेका छन् । यसपालिको एसइईमा छात्र भन्दा छात्रा वढि रहेका छन् । छात्र भन्दा छात्रा २ सय ८५ ले वढि छन् । पछिल्लो समय छोरीलाई विद्यालय पढाउनु पर्छ भन्ने अभिभावकमा चेतना जागेका कारण छात्र भन्दा छात्राको संख्या धेरै रहेको जानकारहरु वताउँछन् ।
यसपालि सबैभन्दा धेरै परीक्षार्थी गैंडावाज माध्यमिक विद्यालय काँडासिरौला र सबैभन्दा कम त्रिवेणी संगम माध्यमिक विद्यालय चुप्रामा रहेका छन् । सवैभन्दा वढी गैंडावाज माध्यमिक विद्यालयवाट ३ सय ८८ जना र सबैभन्दा कम त्रिवेणी संगम माध्यमिक विद्यालय चुप्रावाट १ सय २८ जनाले परीक्षा दिने छन् ।
जिल्लाका ११ वटा पालिका मध्ये सवैभन्दा वढि परिक्षा केन्द्र नारायण नगरपालिकामा रहेका छन् । नारायण नगरपालिकामा पाँच वटा परिक्षा केन्द्र रहेका छन् । यसैगरी दैलेखको ठाँटिकाँध, भैरवी, महावु, नौमूले र भगवतीमाई गाउँपालिकामा १/१ वटा परिक्षा केन्द्र रहेका छन् । अन्य पालिमा २ वा २ भन्दा वढि परिक्षा केन्द्र रहेको शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त इकाइ प्रमुख विष्टले जानकारी दिए ।
यसपालीको एसइई परीक्षा यहि चैत्र १७ गतेदेखी २६ गतेसम्म साधारणतर्फ र चैत्र १७ गतेदेखी २९ गतेसम्म प्राविधिक धारतर्फको परीक्षा हुने निमित्त इकाइ प्रमुख विष्टले वताए । एसइई परीक्षाको व्यवस्थापन र अनुगमन शिक्षा विकास तथा समन्वय इकाईले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *