हत्याको कसूरमा जन्मकैद सजायको फैसला
मातृभूमी संवाददाता । ०८ चैत्र दैलेख
दैलेख जिल्ला अदालतले डेढ वर्ष अघि शिक्षकको हत्या गरेको कसूरमा गुराँस गाउँपालिका ८ मुकुटकी २८ वर्षीया मुना राना खड्कालाई जन्मकैदको फैसला गरेको छ ।
आफ्ना छिमेकी मालिका माध्यामिक विद्यालय लालीकाँडा मुकुटका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बीसीको २०७८ भदौ २९ गते राति हत्या गरेको कसूरमा मुनालाई जन्मकैदको फैसला भएको हो । जिल्ला अदालत दैलेखले मुनाका पति २३ वर्षीय डम्वर खड्कालाई सफाई दिएको श्रेस्तेदार अधिकृत उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।