आफुले सिकेको सिपको सदुपयोग गर्न उपप्रमुख थापाको सुझाव

मातृभूमी संवाददाता । ०९ चैत्र दैलेख
नारायण नगरपालिका दैलेखकी उपप्रमुख तप्ता कु्मारी थापाले आफुले सिकेका सिपलाई सदुपयोग गर्न सहभागीहरुलाई सुझाव दिएकी छन् । यूवाहरुका लागि ५ दिने जीवन उपयोगी तालिमको समापन कार्यक्रममा वोल्दै उपप्रमुख थापाले तालिममा आफुले सिकेका कुरा व्यवहारिकताका साथ लागु गर्न सहभागिहरुलाई सुझाव दिएकी हुन् ।
उपप्रमुख थापाले सहभागीहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा उर्तादै आत्मनिर्भर बन्न आग्रह समेत गरीन् । साथै उपप्रमुख थापाले व्यवसायी गर्ने उद्यमीहरुका लागि नारायण नगरपालिका दैलेखले भरपुर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
सेभ द चिल्ड्रन अन्तरगत पावर परियोजनाको सहयोग तथा एभरेस्ट क्लब दैलेखको सहजिकरणमा दैलेखमा पाँच दिनसम्म सञ्चालन भएको तालिममा २८ जनाको सहभागिता रहेको परियोजनाका कार्यक्रम अधिकृत टेकराज न्यौपानेले वताए ।
उद्यमी तयारका लागि सहभागीहरुलाई निणर्य गर्न सक्ने क्षमता, संवेग नियन्त्रण गर्ने र समस्या समाधान गर्न सक्ने क्षमताका लागि तालिम सञ्चालन गरिएको कार्यक्रम अधिकृत न्यौपानेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *