न्यायिक समितिलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक : मेयर शर्मा

मातृभूमी संवाददाता । १५ चैत्र दैलेख
नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । इन्सेकले दैलेखमा वुधवार आयोजना गरेको न्यायिक समितिको कार्यमा सरोकारवालाको भूमिका विषयक समन्वय बैठकमा उनले यस्तो वताएका हुन् ।
‘न्यायिक समितिले काम गर्न सक्छ, गराउनुपर्छ भनेर जिम्मेवार बनाउन लगाउने र समन्वयकारी भूमिका भए सेवाग्रहीहरुले उजुरी ल्याउने अनि त्यस अनुसार राम्रो काम गर्ने वातावरण बन्न सक्छ’ मेयर शर्माले भने ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले स्थानीय तहहरुले कानून परामर्श दिने, सचेतना बढाउने काम गर्न सके नागरिकहरुमा विश्वास पैदा भएर अहिले प्रहरीमा आइरहेका मुद्दाहरु न्यायिक समितिमा आउन सक्ने वताए ।
नारायण नगरपालिका उपमेयर तप्ताकुमारी थापाले नागरिक समाज र समुदायसंग समन्वय कमी भएको स्वीकार गर्दै समन्वय बढाउदै लैजाने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा इन्सेकका कणर्ाली प्रदेश संयोजक नारायण सुबेदीले नागरिक समाजका अगुवाहरुले न्यायिक समितिका कामहरु प्रभावकारी बनाउने र सहयोग तथा समन्वयको विधि बारे आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *