ड्युटीमा खटिएका प्रहरी हवल्दार दैलेख नौमूलेका रेगामी बेपत्ता

मातृभूमी संवाददाता । १७ चैत्र दैलेख
हिमाली जिल्ला डोल्पावाट ड्यूटीमा खटिएका प्रहरी हवल्दार जोसिराम रेगमी बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय काइगाउँ डोल्पामा कार्यरत दैलख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय वरिष्ठ हवल्दार जोसिराम रेगामी काईगाउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
मुड्केचुला गाउँपालिका १ अन्र्तगत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पौने ६ बजेको समयमा बेपत्ता भएको र खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
बेपत्ता जोसिराम नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा जोसिरामले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा खटिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *