कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिँदै

मातृभूमी राजनितिक व्युरो । १७ चैत्र सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रवार (आज) दोश्रो पटक विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि शुक्रवार अपरान्ह तीन बजेका लागि संसद बैठक बोलाइएको छ । मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलो पटक विशवासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिए पछि पुनः विश्वासको मत लिन लागेका हुन् ।
कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहभागी छन् । केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा एमालेले के गर्ला भन्ने चासो बढन थालेको छ । नेकपा एमालेले भने कर्णालीमा अहिलेसम्म समर्थन फिर्ता लिएको छैन । कर्णाली प्रदेश सभामा हाल नेपाली कांग्रेसका १४ सांसद छन् भने माओवादी केन्द्रका १३ सांसद रहेका छन् । यस्तै एमालेका १० सांसद हुँदा स्वतन्त्र, नेकपा एस र राप्रपाका एक एक सांसद छन् ।
एमाले सहित राप्रपा, नेकपा एकीकृत समाजवादी सहित २५ सांसदको समर्थनमा शर्मा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माघ ६ गते नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक-एकजना सांसद गरी २५ सांसदको विश्वासको मत पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *