कर्णालीका मुख्यमन्त्रीलाई भारी विश्वास, एक जनाले दिएनन् मत

मातृभूमी राजनितिक व्युरो । १७ चैत्र सुर्खेत
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन् । मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावमा ३८ मत खसेको हो ।
उनको पक्षमा ३८ र विपक्षमा १ मत खसेको हो । मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र गरी ३८ सांसदले विश्वासको मत दिएका हुन् ।
यस्तै, ४० जना सांसद रहेका कर्णाली प्रदेश सभामा एमालेकी सभामुख नन्दा गुरुङ र राप्रापाकी सन्तोषी शाहीले मत दिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *