दैलेखमा बोलेरो जिप दुर्घटना, १४ जना घाइते

मातृभूमी संवाददाता । २० चैत्र दैलेख
कर्णाली राजमार्ग अन्तरगत दैलेखमा बोलेरो जिप दुर्घटना भएको छ । सोमबार (आज) विहान ११ः४० वजे आठबिस नगरपालिका १ डाब नजिक कर्णाली राजमार्गमा जिप दुर्घटना भएको हो । सुर्खेतबाट कालिकोटका लागि छुटेको क १ ज ५५ नम्बरको जिपमा सवार सवै १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भएर सडकबाट करिव ५० मिटर तल खसेको प्रहरीको भनाई छ ।
घाइते २ जनाको अवस्था गम्भीर रहेको र बाँकी १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले बताए । गम्भीर घाइतेहरुको उद्धार गरी सुर्खेत पठाईएको डिएसपी लम्सालले बताए ।
घाइते हुनेमा ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीय दुर्गा बोगटी, ७ वर्षीय प्रतिक्षा बटला, १४ वर्षीय सरद बिष्ट, २० वर्षीय मनिसा बोगटी, ५५ वर्षीय गोपिकला बिष्ट, ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ६ वर्षीय राजकुमार बोगटी, ६ वर्षीय स्वस्तिका बोगटी, १२ वर्षीय कल्पना सहकारी, ५ वर्षीय भुवन बटाला, १२ वर्षीय सुबास सहकारी र २४ को धन बहादुर बटाला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *