बलात्कार घटनाका कसूदारलाई जन्मकैद

मातृभूमी संवाददाता । २० चैत्र दैलेख
जिल्ला अदालत दैलेखले २३ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसूरमा गुराँस गाउँपालिका ३ सेरीवाडाका ३८ वर्षीय भद्रबहादुर बुढालाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले वुढालाई जन्मकैद सजाय, पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २८ रुपैंयाँ तिनुपर्ने फैसला गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।
शारीरिक अपाङ्गता भएकी २३ वर्षीया महिलालाई २०७८ असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०७८ असार ८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण दैलेख जिल्ला अस्पतालमा असार ८ गते नै भएको थियो । घटनाको अनुसन्धान सकेर प्रहरी अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालय मार्फत साउन ३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।
मुद्दा पेश भएको भोलिपल्ट साउन ४ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका जिल्ला कारागार थुनामा पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *