माथिल्लो डुंगेश्वर बजार अनुगमन

मातृभूमी संवाददाता । २३ चैत्र दैलेख
दैलेखको डुंगेश्वर गाउँपालिका ६ माथिल्लो डुंगेश्वर बजारमा अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले बिहीवार माथिल्लो डुंगेश्वर बजार अनुगमन गरेको हो । माथिल्लो डुंगेश्वरका विभिन्न ३७ वटा पसलमा अनुगमन गरीएको थियो ।
वजार अनुगमनका क्रममा पसल दर्ता भए नभएको, दर्ता भएकाहरुको नवीकरण भए नभएको, कर चुक्ता गरे वा नगरेको लगाएतका विषयमा अनुगमन गरिएको जनाईएको छ । दर्ता नभई चलेको व्यापार व्यवसाय दर्ता गर्न, दर्ता भएकाई नियमित नवीकरण गर्न र राजस्व तिर्न बाँकीले आन्तरिक राजस्व कार्यालयमा राजस्व तिरी कर चुक्ता लिन सुझाव दिइएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका प्रमुख कल्पना खत्रीले वताईन् ।
पसलहरुमा मूल्यसूची राख्न, म्याद नाघेका खाद्य बस्तु हटाउन, नापतौलको उपकरणहरु चुस्त दुरुस्त राख्न, सरसफाई र गुणस्तरका विषयमा व्यापारीहरुलाई सचेत गराइएको जिल्ला प्रशासन कार्यालय दैलेखका शाखा अधिकृत भूपेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *