तुर्माखाँदमा आँखा शिविर संचालन, ७ सय वढिले लिए सेवा

मातृभूमी संवाददाता । २४ चैत्र दैलेख
अछामको तुर्माखाँद गाउँपालिका वडा नं. ४ मा संचालन भएको दुई दिने आँखा शिविर सम्पन्न भएको छ । तुर्माखाँद गाउँपालिका अछाम र नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल तेज कोहिली रुइत फाउण्डेसनको संयुक्त आयोजनामा संचालन भएको दुई दिने आँखा शिविरमा ७ सय १४ जनाले सेवा लिएका छुन् ।
शिविरमा ३ सय ६५ जना महिला र ३ सय ४९ जना पुरुष गरी ७ सय १४ जनाको आँखा परिक्षण गरिएको थियो । दुई दिने आँखा शिविरमा ५८ जना महिला र ४२ जना पुरुष गरी एक सय जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको तुर्माखाँदा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यकेन्द्र वहादुर वयकले जानकारी दिए ।
यस्तै ६ सय १४ जनाको आँखा जाँच गरी निःशुल्क औषधी वितरण गरिएको छ । शिविरमा ४ सय ३७ जनाको आँखाको दृष्टि क्षमता परिक्षण गर्दा १ सय ५० जनाको दृष्टि कमजोर भएको पाईएको र दृष्टि कमजोर भएका नागरिकलाई चस्मा प्रयोग गर्न सुझाव दिई चस्मा वितरण गरिएको तुर्माखाँद गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष पदम वहादुर वि.सी.ले जानकारी दिए ।
तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्वर वहादुर वि.सि.ले सवै सेवाग्राहीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गरे । गाउँपालिकाका अध्यक्ष वि.सि.ले टाढा-टाढा गएर आँखा चेकजाँच गर्दा नागरिकको धेरै रकम खर्च हुने गरेको भन्दै गाउँघरमै शिविर संचालन गर्दा नागरिकको खर्च वचेको र नागरिकले घर आँगनमै सेवा पाएको वताए ।
अध्यक्ष वि.सि.ले आगामी दिनहरुमा पनि गाउँपालिकाले यस्ता खाले शिविरहरु संचालन गर्ने भन्दै गेटा आँखा अस्पतालवाट शिविर संचालनका लागि आएको टोलीलाई धन्यवाद दिदै खादा र अविर लगाएर सम्मान समेत गरेका थिए ।
शिविर संचालन टोलिका नरेन्द्रराज विष्टले आगामी दिनमा पनि गाउँपालिकासँग समन्वय गरेर यस्ता शिविरको आयोजना गर्ने भन्दै सम्पुणर् सेवाग्राहीहरुलाई स्वास्थ्यकर्मीको सल्लाह र सुझाव वमोजिम आँखामा औषधी प्रयोग गर्न सुझाव दिए । विष्टले शिविर संचालनका लागी सहयोग र समन्वय गरेको भन्दै गाउँपालिकालाई धन्यवाद समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *