वाल यौन र्दुव्यवहारको आरोपमा एक जना पक्राउ
मातृभूमी संवाददाता । २५ चैत्र दैलेख
वाल यौन र्दुव्यवहारको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दैलेख नारायण नगरपालिका ८ ढकानेका प्रजापति रेग्मीले नारायण नगरपालिका १ वस्ने वालिकालाई वाल यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।
रेग्मीले यहि चैत्र २३ गते टिका लगाई दिन्छु भनि आफु सुत्ने कोठमा वोलाई वाल यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले जानकारी दिए ।
यहि चैत्र २३ गते वाल यौन र्दुव्यवहार गरेको खवर प्रहरीले पाएपछि रेग्मीलाई सोहि दिन पक्राउ गरी दैलेख जिल्ला अदालतवाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको दैलेखका डिएसपी लम्सालले जानकारी दिए ।