पाँच महिने बच्चा सहित आमा मृत फेला
मातृभूमि संवाददाता । २५ चैत्र अछाम
कर्णाली नदीमा डुबेर पाँच महिनाको बच्चासहित आमाको मृत्यु भएको छ । अछामको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाँताकी २२ वर्षीया कमला धामी र उहाँको पाँच महिनाको बच्चा कर्णालीको त्रिवेणीमा मृत अवस्थामा भेटिएको अछाम प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिए ।
चैत्र १६ गते घरबाट उपचारका लागि मेडिकल जान्छु भनेर हिँडेकी कमलाको त्रिवेणीस्थित कर्णाली नदीको किनारामा बच्चासहित शव भेटिएको उनले बताए ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी डाँगीको भनाइ छ । घटनास्थल ढकारी प्रहरी चौकीबाट ६ घण्टा टाढा पैदल दूरीमा रहेको छ ।