प्रभावकारी बालविकास सिकाई सम्बन्धी ७ दिने तालिम सम्पन्न

मातृभूमी संवाददाता । २८ चैत्र दैलेख
दैलेखका २२ वटा बालविकास केन्द्रका शिक्षकहरुलाई ७ दिने तालिम दिईको छ । उनीहरुलाई तालिममा प्रारम्भिक बालविकास, अभिभावक शिक्षाको महत्व, सहजीकरण विधि, प्रक्रिया र शिक्षाप्रति जागरुकताका निम्ति स्थानीय ज्ञान, सकारात्मक चलन, समस्याको बिश्लेषण, प्रभावकारी शिक्षा र संकल्पमन विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिईएको हो ।
नारायण नगरपालिका क्षेत्रमा रहेका ४३ वटा विद्यालय मध्ये यो चरणमा सहभागी २२ जना बालविकास शिक्षकहरुका लागि तालिम दिइएको नारायण नगरपालिकाका मेयर लोमन शर्माले बताए । उनले वालविकास शिक्षकहरु नै वालवालिकाका लागि पहिलो गुरु भएकोले उनीहरुलाई क्षमतावान र प्रभावकारी बनाउनु पर्ने धारणा राखे । मेयर शर्माले वालबालिकाहरुलाई गुणस्तरीय ढंगबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चान गर्ने उद्देश्यका साथ सेतो गुराँससँगको सहकार्यमा तालिम सञ्चालन गरिएको बताए ।
यूनिसेफको सहयोगमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुर र सेतो गुराँस बाल विकास सेवा दैलेखको आयोजनामा गत बुधवारदेखि सुरु भएको तालिम मंगलवार सम्पन्न भएको हो । तालिममा सेतो गुराँस बाल विकास सेवा दैलेखका सहजकर्ताहरु राधा मल्ल र लली बाह्रघरेले सहजीकरण गरेका थिए । यूनिसेफको सहयोगमा सेतो गुराँसद्वारा सञ्चालित ‘नेपालमा प्रारम्भिक बालविकास शिक्षा तथा विकास सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड परियोजना’ले बालविकास शिक्षा सिकाई प्रभावकारितामा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *