शैक्षिक वेथिति श्रृंखला-१ : शैक्षिक भ्रमणका नाममा धुमधामसँग घुमघाम

मातृभूमी व्युरो । ०२ बैशाख दैलेख
दैलेखको एक विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, नगरपालिकाका कर्मचारी र तिनका आफन्त तथा तत्कालिन जनप्रतिनिधीले विद्यालयको वजेटको दुरुपयोग गर्दै पोखरा, मनाङ, मुस्ताङ लगाएतका जिल्लाको शयर गरेका छन् ।
शैक्षिक अवलोकन भ्रमणका नाममा सदरमुकाममा रहेको त्रिभुवन माध्यामिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, नगरपालिकाका कर्मचारी र तिनका आफन्त तथा तत्कालिन जनप्रतिनिधीले पोखरा, मनाङ, मुस्ताङ लगाएतका जिल्लाको शयर गरेका हुन् ।
शैक्षिक सत्र २०७९ मा शैक्षिक भ्रमणका लागि विनियोजित ७ लाख वजेट सिध्याउन शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, नगरपालिकाका कर्मचारी र तिनका आफन्त तथा तत्कालिन जनप्रतिनिधी लाईन लागेर देशका विभिन्न जिल्लाको यात्रा गरेर फर्किएका छन् ।
देशमा आर्थिक संकट चुलिदै गएपछि नेपाल सरकारले फर्जुल खर्च कटौतीका लागि आर्थिक मितव्ययिताको नीति अपनाएको भए पनि दैलेखको त्रिभुवन माध्यामिक विद्यालयले शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, नगरपालिकाका कर्मचारी र तिनका आफन्त तथा तत्कालिन जनप्रतिनिधीलाई दैलेख, सुर्खेत, बर्दिया, बाके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, तनहुँ, कास्की, पर्बत, म्याग्दी, मनाङ, मुस्ताङको शयर गराएको छ ।
शैक्षिक सत्र सकिएर नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा त्रिभुवन माविले विद्यार्थी भर्ना अभियान संचालन, विद्यार्थीको नतिजा सार्वजनिक र पाठ्यपुस्तक विद्यार्थीको हात-हातमा पुर्‍याउन ध्यान दिनु भन्दा पनि शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, नगरपालिकाका कर्मचारी र तिनका आफन्त तथा तत्कालिन जनप्रतिनिधी लाईन लागेर यात्रामा निस्कनुले ७ लाख रकम सिध्याउने बाहेक अन्य कुनै उद्देश्य नरहेको स्थानीयको भनाई छ ।
‘शैक्षिक अवलोकन भ्रमण भनिएको थियो । विद्यार्थी ३/४ जना मात्र थिए ।’ एक स्थानीयले नाम नछाप्ने शर्तमा भने, ‘जम्मै विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, नगरपालिकाका कर्मचारी र तिनका आफन्तहरु थिए । यो विद्यालयको शैक्षिक अवलोकन भ्रमण हो की ? पारिवारीक भ्रमण वुझ्न सकिएन । त्रिभुवन माविमा जताततै वेथिति नै वेथिति छ । जसले जे गरेपनि भएको छ ।’
विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य एवं नारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष सन्देश श्रेष्ठ (शैलेस)ले नमुना विद्यालय भ्रमणका लागि विव्यसको वैठकमा विद्यार्थी, शिक्षक र विव्यसका पदाधिकारी मात्र जाने निणर्य भएको भएपनि त्यसो नभएको वताए । उनले काम कुरो एकातिर कुम्लो वोकि ठिमितिर भने जस्तै उद्देश्य शैक्षिक अवलोकन भ्रमण भन्दा पनि घुमघाम गर्ने र वजेट सिध्याउने मात्रै खेलो भएको वताए ।
वडाध्यक्ष श्रेष्ठले भने, ‘मैले विद्यालयमा हरेक काम गर्दा निणर्य गरेर काम गर्न सुझावसँगै अनुरोध गरेको तर विद्यालयमा पहिला काम हुने र पछि निणर्य गर्ने परिपाटीका कारण म विव्यस वैठकमा जान छोडिसकेँ । अहिले विद्यालय नामको मात्र नमुना विद्यालय भएको र भित्रभित्रै खोक्रो भैसकेको छ । विद्यालयमा मनोमानी छ ।’
शिक्षा विकास तथा समन्वय इकाई दैलेखका निमित्त प्रमख रतन वहादुर विष्टले विद्यालयको शैक्षिक भ्रमणमा को जाने को नजाने भन्ने कुरा विद्यालयको तजवितमा रहेको वताए ।
विद्यालयका प्रधानाध्यापक निरक वहादुर तारामीले शैक्षिक अवलोकन भ्रमणका लागि ७ लाख वजेट छुट्टयाईएको र विद्यालय व्यवस्थापन समितिको वैठकमा विद्यालयका शिक्षक, विद्यार्थी, विव्यस पदाधिकारी र शिक्षासँग सम्वन्धित व्यक्तिहरु जाने निणर्य गरिएको वताए । निणर्य एउटा तर कार्यान्वयन अर्कै भएन र ? भन्ने हाम्रो प्रश्नमा प्रधानाध्यापक तारामीले नगरपालिकालाई खवर गर्दा २/४ जना परेहोलान् भन्ने जवाफ दिए ।
प्रधानाध्यापक तारामीले विद्यार्थीहरु १५/१६ जना गएको भनेर दावी गरिरहँदा भ्रमण टोलीका सदस्यहरुले सामाजिक संजाल फेसवुकमा राखेका फोटोमा २/४ जना वाहेक वढि छैनन् । वरु भ्रमण टोलीमा विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, नगरपालिकाका कर्मचारी र तिनका आफन्त तथा तत्कालिन जनप्रतिनिधी लगाएतका व्यक्तिहरु वढि देखिन्छन् ।
रोचक कुरा त के भने भ्रमण जाने टोलीले जिल्लावाट नै झण्डै १०० लिटर मदिरा वोकेर गएको सुन्नमा आएको छ । त्यति मात्र हैन उनीहरुले रमाईलो गर्नका लागि जिल्लाका केहि व्यक्तिहरुसँग हाम्रोनियम मागेको जानकारी प्राप्त भएको छ । विद्यालयको भ्रमण टोली शैक्षिक अवलोकन भ्रमण भन्दा पनि गाना वजाना र विशुद्ध रमाइलो गर्न गएको देखिन्छ । उनीहरु शैक्षिक अवलोकन भ्रमण भन्दा पनि नयाँ वर्षको पुर्वसन्ध्यामा नयाँ वर्ष मनाउन गएको स्थानीयहरु वताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *