एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल विजयी, मलेसिया ६ विकेटले पराजित

मातृभूमी संवाददाता । ०५ बैशाख काठमाण्डौ
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले सानदार सुरुवात गरेको छ । नेपालले मंगलवार भएको पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएर सानदार सुरुवात गरेको हो । मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गरेको हो ।
नेपालका लागि भीम सार्कीले ७१, कुशल मल्लले नटआउट ७०, कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । बलिङतर्फ मुहम्मद वकिफ, रिजवान हैदर, विजय उनी र विरनदीप सिंहले १/१ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । मलेसियाका कप्तान अहमद फैजले ७६ र विरनदीप सिंहले ४६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३/३ विकेट लिए । त्यस्तै ललित राजवंशीले २ र गुलसन झाले १ विकेट लिए ।
नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग, तेस्रो खेल वैशाख ११ गतेसाउदी अरबसँग, चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ ।
एसीसी प्रिमियर क्रिकेटको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *