मासु व्यवसायीलाई तालिम

मातृभूमी संवाददाता । ०७ वैशाख दैलेख
दैलेख सदरमुकामामा सफा, स्वच्छ मासु उत्पादन सम्वन्धी तीन दिने तालिम विहिवारदेखि सुरु भएको छ । नारायण नगरपालिका पशुपंक्षि विकास शाखाको आयोजनामा कृषक तथा उद्यमी स्तरीय सफा स्वच्छ मासु उत्पादन सम्वन्धि तीन दिने तालिम विहिवारदेखी सुरु भएको हो ।
मासुजन्य उत्पादनका लागि पशुको छनौट, प्रजनन्, पालन पोषण, बजार प्रवद्र्धन, मासुको गुणस्तर, स्वच्छता र स्वस्थताका निम्ति भण्डारण प्रक्रिया लगाएतका विषयमा कणर्ाली प्रदेश पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका परिष्ठ पशु चिकित्सक डा. विकास श्रेष्ठ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु विकास अधिकृत प्रचण्ड खड्काले तालिमको सहजीकरण गरिरहेका छन् ।
तालिममा पशु पालक कृषक, मासु पसल व्यवसायीहरुको सहभागिता रहेको र तालिम वैशाख ९ गतेसम्म संचालन हुने नारायण नगरपालिकाका पशुपंक्षि शाखाका चिकित्सक डा. श्रृजना बुढाले जानकारी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *