सधैं जनताको माझमा छु : मन्त्री बिसि

मातृभूमी संवाददाता । ०७ बैशाख दैलेख
दैलेखका कृष्ण कुमार बिसि कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्ति भएका छन् । दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य बिसि कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका हुन् ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बिहीबार मन्त्रीपरिषद् बिस्तार गर्दै दैलेखका बिसि लगाएत अन्य ३ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख तिलक परियारले बिहीबार दैलेखका बिसि लगाएत अन्य तीन जनालाई मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
ईमानदार, मेहनती, कुशल नेता बिसिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएपछि पदभार ग्रहण गर्दै आम दैलेखि जनतालाई बधाईसंगै धन्यवाद ज्ञापन गरे । मन्त्री बिसिले आफू हिजोपनि जनताको साथमा रहेको र आगामी दिनमा पनि आफू जनताको साथमा रहेको बताए ।
मन्त्री बिसिले आगामी दिनमा जनताको साथमा रहेको भन्दै सदैब जनताको बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री बिसि यसअघि नेपाली काङ्ग्रेस दैलेखको दुई पटक पार्टी सभापति भएर पार्टी संचालन गरेर सफल नेतृत्व प्रदान गरिसकेका छन् । उनी दैलेखि जनताले रुचाएका नेता हुन् ।

बिसि क्षेत्रीय सभापनी पार्टी सचिब हुँदै लगातार २ कार्यकाल गरि करिब ११ बर्ष भन्दा बढी जिल्ला सभापती भएर काम गरेको अनुभव छ । आफुलाई सदा राजनितिक यात्रामा सहयोग सद्भाब समर्थन र सहानुभुती राख्नुहुने आम दैलेखि दाजुभाइ दिदिबहिनी अनि हालै सम्पन्न आम निर्वाचनमा मतदान गरेर आज यो स्थानमा पुर्याउने आममतदाताहरु प्रती कृतज्ञता व्यक्त गरे ।
उनले आगामी दिनहरूमा जनताको सेवामा लागिरहने प्रतिबद्धता सहित दैलेख अनि समग्र कर्णाली प्रदेशको बिकासका लागि कटिबद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *