दैलेखी माटोको कृपाले यहाँसम्म पुगें : मन्त्री बिसि

मातृभूमी संवाददाता । ०९ बैशाख दैलेख
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसिले दैलेखी माटोको कृपाले आफू यहाँसम्म पुगेको बताएका छन् । नेपाली काङ्ग्रेस डुंगेश्वरले गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री बिसिले दैलेखी माटो भनेकै आफ्नो बुवा आमा भएकोले जिल्लाको बिकासका लागि कुनै कमि हुन नदिने र कुनै कसर बाँकि नराख्ने बताए ।
मन्त्री बिसिले आफ्नो मन्त्रालय भित्र रहेका काम गर्न र दैलेखमा पर्यटन बिकासको मेरुदण्ड पन्चकोशी पर्यटन मुख्य आधार भएकाले यस क्षेत्रको बिकासमा विशेष जोड दिने बताए । मन्त्रीले बिसिले जिल्लाको पर्यटन बिकासको लागी दिलो ज्यान दिएर लाग्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *