किसानलाई सहुलियत ऋण उपलब्ध गराउन नगरपालिका जमानी बस्ने योजना बनाउछौं : शर्मा
मातृभूमी संवाददाता । ०९ बैशाख दैलेख
नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले असल मासु व्यावसायिक हुन के-के काम गर्नुपर्छ भन्ने कुराको तालिममा सिकाइएको बताए । प्रमुख शर्माले स्वास्थ मासु जन्य बस्तुको उत्पादन र स्वास्थ तथा सफा मासु उत्पादनका लागि नगरपालिकाले मासु व्यावसाय संचालनका लागि तालिम दिइएको बताए ।
नगरबासीलाई स्वच्छ र सफा मासु बिक्री बितरण गर्न व्यावसायिलाई अनुरोध गर्दै यदी यसो नगरेको पाइए नगरपालिकासँग नियमन गर्ने अधिकार भएको भन्दै कारबाही समेत गर्न सक्ने प्रमुख शर्माले बताए । नगरपालिका क्षेत्रमा तीन किसिमका मासु व्यावसायि रहेको भन्दै आफुले प्रयोग गर्ने सामाग्री सफा र निर्मलिकरण गरेको हुनुपर्ने, मासु काट्ने ठाउँ स्वच्छ, सफा, धुलोधुवाँ रहित हुनुपर्ने प्रमुख शर्माले बताए ।
मासु पसल वा बध गर्ने ठाउँको अनुगमन गर्ने बताउँदै नगर प्रमुख शर्माले बधशालाको उचित ब्यबस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने र ब्यक्तिगत मासु पसललाई हाइजेनिक बनाउन अनुरोध गरे । उनले आगामी दिनमा नगरभित्रका किसानलाई सहुलियत ऋण उपलब्ध गराउन नगरपालिका जमानी बसेर ऋण उपलब्ध गराउने योजना बनाएको बताए ।
यस्तै नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता थापाले तालिम अबधिभर स्वच्छ र सफा मासु उत्पादन कसरी गर्ने, कसरी बितरण गर्ने लगाएतका कुरा सिकाइएको र सहभागीले सिक्नुभयो होला भन्ने अपेक्षा लिएको बताइन् ।
उपप्रमुख थापाले आम नागरिकको स्वास्थलाई आफ्नो स्वास्थ जस्तै सम्झेर बुझेर मासु उत्पादन तथा बिक्री बितरण गर्न अनुरोध गरिन् । उनले मासु व्यावसायिको व्यावसाय आगामी दिनमा अझै फस्टाउदै जावस भन्ने शुभकामना समेत दिइन् ।