प्रभावकारी सेवा प्रवाह गर्न मन्त्री विसीकाे निर्देशन
मातृभूमी संवाददाता । ०९ बैशाख दैलेख
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार विसीले दैलेखमा धेरै धार्मीक तिर्थ स्थलहरु रहेको र यसको संरक्षणका लागि विषेश ध्यान दिने वताएका छन् । दैलेखको भगवतीमाई गाउँपालिकाले शनिवार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम वोल्दै मन्त्री विसीले यस्तो वताएका हुन् ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक गृह जिल्ला दैलेख आएका मन्त्री विसीले सेवाग्राहीलाई कुनै दुःख नदिई प्रभावकारी सेवा प्रवाह गर्न कुनै कसर वाँकी राख्न नहुने वताए ।
स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री विसीले स्थानीय तहहरुले सबै सरोकारवाला निकायहरुसंग समन्वय गरेर बिकासका काम गर्न सुझाव दिए । मन्त्री विसीले आफ्नो कार्यकाल अवधिभर आफु सधैं जनताको साथमै रहेको वताए ।
उनले जनताको काम गर्न क्रियाशिल भयर लाग्ने प्रतिबद्धता गर्दै स्थानीय सरकारसँग हातेमालो गरेर काम गर्ने जिकिर गरे । मन्त्रीमा नियुक्त भएपछि विसीलाई स्वागत तथा सम्मान गर्ने भगवतीमाई गाउँपालिका कर्णालीमै पहिलाे हाे । त्यसअघि मन्त्री विसीले डिभिजन वन कार्यालय दैलेखको अनुगमन गर्दै कार्यालयका कर्मचारीहरुलाई आवश्यक निर्देशन पनि दिएका थिए ।