दैलेखवाट हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

मातृभूमी संवाददाता । ११ बैशाख दैलेख
दैलेख सदरमुकामवाट नौमूले गाउँपालिका ५ की सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । नौमूले गाउँपालिका ५ की ३८ वर्षिया खगिसरा सलामीको अपरेसन गरेर वच्चा निकालिसकेपछि अत्याधिक रक्तश्राव भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सोमवार (आज) साँझ सेनाको हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत लिन लागिएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन वहादुर हमालले बताए । प्रमुख जिल्ला अधिकारी हमालका अनुसार सेनाको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाउन लागिएको छ ।
नौमूले गाउँपालिका ५ की सलामीको सोमवार दिउँसो ३ वजे अपरेसन (सिएस) गरेर वच्चा निकालिएको दैलेख जिल्ला अस्पतालका डा. धर्मराज रेग्मीले जानकारी दिए । उनले वच्चा निकालिसकेपछि टाँका लगाउन खोज्दा रक्तश्राव नरोकिएपछि हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाउन लागिएको वताए । वच्चाको अवस्था सामान्य रहेको डा. रेग्मीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *