नमुना कृषक वन्न मन्त्री विसीकाे आग्रह
मातृभूमी संवाददाता । १३ वैशाख दैलेख
कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले आय आर्जनमा टेवा पुग्ने गरी विभिन्न कार्यक्रम ल्याईएको वताएका छन् । दैलेखको नौमूले गाउँपालिकामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री विसीले न्युन आए भएका विपन्न नागरिकलाई आय आर्जनमा टेवा पुग्ने उदेश्यले प्रदेश सरकारको लक्षित वर्ग विषेश कार्यक्रम संचालन गरिएको वताए ।
प्रदेशसभा सदस्यले प्रत्येक निर्वाचन क्षेत्रमा गर्ने कार्यक्रम अन्र्तगत नौमुले गाउँपालिका वडा नं. १ मा पशु सेवा कार्यालय दैलेखको आयोजनामा विपन्न २१ घरधुरीका कृषकका लागि ६३ वटा वाख्रा र २ वटा वोका वितरण तथा खोर निर्माण कार्यक्रममा मन्त्री विसीले प्रत्येक क्षेत्रमा नमुना कृषक वन्न आग्रह गरे ।
नौमूले गाउँपालिकाको विकासमा आफुले कुनै कसर वाँकी नराख्ने वताउँदै जनचाहान अनुरुपका विकास निर्माण लगाएतका काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै जुनसुकै पनि योजनाहरु आम नागरिकले प्रभावकारी रुपमा अगाडी वढाउन आग्रह गरे ।
यस्तै कार्यक्रममा नौमूले गाउँपालिका दैलेखका अध्यक्ष छवि सुवेदीले माननीय मन्त्रीको संयोजकत्वमा वितरण हुने कार्यक्रम वितरणमै सिमिन नगरी आम्दानीमुखी वनाउन अनुरोध समेत गरे । माननीय मन्त्रीले यो कार्यक्रम नौमूले गाउँपालिकाको लागि छान्नु भएकोमा धन्यवाद व्यक्त गर्दै माननीयले यस क्षेत्रमा विगतदेखी नै धेरै योगदान गरेको वताए ।
माननीयले लक्षित वर्गको विषेश कार्यक्रम आफ्नो क्षेत्रमा पठाउँदा निकै खुसी लागेको नौमूले गाउँपालिका १ की जुनकला साकीले वताए । उनले आगामी वर्ष पनि यस्तै सयोग गरी विपन्न साथमा रहन अनुरोध गरिन् ।