म सँधै जनताको साथमा छु : मन्त्री विसी
मातृभूमी संवाददाता । १३ वैशाख दैलेख
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार विसीले नौमूलेमा रहेका धार्मिक, ऐतिहाँसिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुको संरक्षणका लागि विषेश ध्यान दिने वताएका छन् । दैलेखको नौमूले गाउँपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम वोल्दै मन्त्री विसीले यस्तो वताएका हुन् ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको कार्यभार सम्हालेपछि गृह जिल्लाको भ्रमणका लागि आएका मन्त्री विसीले सेवाग्राहीलाई कुनै दुःख नदिई प्रभावकारी सेवा प्रवाह गर्न कुनै कसर वाँकी राख्न नहुने वताए । स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री विसीले स्थानीय तहहरुले सबै सरोकारवाला निकायहरुसंग समन्वय गरेर बिकासका काम गर्न सुझाव दिए ।
आफुलाई यहि माटोमा जन्मि हुर्किएका नागरिकले जिताएर पठाउँदै मन्त्री विसीले आफ्नो कार्यकाल अवधिभर आफु सधैं जनताको साथमै रहने वताए । उनले भने, ‘म जनताको काम गर्न क्रियाशिल भयर लाग्ने प्रतिबद्धता गर्दछु । म सँधै स्थानीय सरकारसँग हातेमालो गरेर काम गर्न चाहान्छु । र सँधै जनताको साथमा छु ।’