यातायात सहजतापछि दैलेखमा लागूऔषधि दुव्र्यसनी बढ्यो
तुलसी कटुवाल
लागूऔषध भनेको कुनै पनि मादक वा नशादार रासायनिक पदार्थ लागु पदार्थ हो । आदतका रूपमा विभिन्न प्रकारका लागु पदार्थको नियमित रूपमा प्रयोग गर्नु नै लागु पदार्थ दुव्र्यसनी हो । लागु पदार्थले शरीरमा प्रवेश गरिसकेपछि मानिसको दिमागलाई लठ्ठ पार्ने र स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हानी पुर्याउँदछ ।
तनाब, चुनौती र समस्याहरू सँग जुध्न नसक्ने युवा युवतीहरु लागु पदार्थ सेवन गरेपछि तनाब मुक्त हुने भ्रमका कारण लागु पदार्थ दुव्र्यसनीमा फस्ने गर्दछन् । युवा परिवर्तनको आधार हो । समाजमा सकारात्मक परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहन्छ ।
राजनीतिक, आर्थिक सामाजिक तथा साँस्कृतिक परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ । तर हाम्रो राष्ट्रमा कुनै न कुनै रूपमा युवा पुस्ताको ठूलो जमात लागु पदार्थ दुव्र्यसनीको दलदलमा फसिरहेका छन् । दुव्र्यसनीमा जो सुकै पनि फसेका हुन सक्छन् तर राष्ट्रको भविष्य मामिने युवा पुस्ता यसरी कुलतको दलदल मा फस्नु राष्ट्रका लागि दुर्भाग्यको बिषय हो ।
विशेषगरी बालबालिका र युवा पुस्तामा लागु पदार्थ दुव्र्यसनीको अवस्था डर लाग्दो गरी फैलिएको छ।परिवारको बेवास्ता, सन्तानले गरेका नराम्रा कामहरूलाई ढाकछोप गर्ने हुँदा, सन्तानप्रति अत्यधिक विश्वास गर्ने, साथी संगत तथा आफू भन्दा ठूलो व्यक्तिले प्रयोग गरेको देख्दा अथवा ठूलो व्यक्तिले ससाना बालबालिकालाई किन्न पठाउँदा समेत बालबालिकाले सिको गर्दा उनीहरू दुव्र्यसनीको फस्ने गर्दछन् ।
दैलेखमा हाल लागु पदार्थ दुव्र्यसनीको घटना बढ्दो छ । विद्यालयमा पढ्ने विद्यार्थीहरू शिक्षक, अभिभावकलाई छलेर गाँजा, अफिम खाने गरेको र ओसार पसारमा समेत लागेको पाइएको छ । हाल जिल्ला प्रहरी कार्यालय दैलेखमा दुई सय ५० मिलीग्राम लागूऔषध सहित एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको र लागूऔषध परीक्षणका लागि पठाइएको प्रहरी निरीक्षक दीपकसिंह विष्ट बताउनुहुन्छ ।
विगत तीन वर्ष यताको लागूऔषध अपराधको तथ्याङ्क हेर्दा, आर्थिक वर्ष २०७७÷७८ मा तीन ओटा, २०७८÷०८९ मा दुई ओटा र २०८९÷८० मा तीन ओटा अपराध तथ्याङ्क रहेको छ । थाहा पाएसम्म बचाउन लागि पर्ने र कोही पनि मानिस जाहेरी दिन अघि नसर्ने हुँदा लागूऔषधका मुद्दाहरू सबैजसो प्रहरी प्रतिवेदनका आधारमा नै हुने गरेको छ ।
लागूऔषध मुद्दाको प्रक्रिया अन्यको भन्दा जटिल हुने, परीक्षण गर्दा रिपोर्ट आउन समय लाग्ने भएकाले अनुसन्धानको समय ९० दिन राखिएको र प्रहरी साझेदारी अन्तर्गत विभिन्न विद्यालय तथा चोकहरुमा पर्चा बाड्ने माइकिङ गर्ने लगायतका कार्यक्रम भइरहेको पनि प्रहरी निरीक्षक बिष्टले बताउनु भयो । लागूऔषध मुद्दामा परेको व्यक्तिलाई बचाउनका लागि थुप्रै दबाब आउने भए पनि अनुसन्धानमा कुनै पनि किसिमको प्रभाव नपर्ने उहाँको भनाई छ ।
लागु पदार्थको कुलतमा फसेका व्यत्तिहरु एकान्त वस्न मन पराउने, नियमित कृयाकलाप बाट भाग्न खोज्ने, विनाकारण रिसाइरहने, दैनिक कार्यमा खासै चासो नदेखाउने, राम्रो कुरा सुन्न नचाहने, पैसाको हिसाब किताब नदेखाउनु, घरबाट पैसा सामान चोरी हुदै जानु, लुसुक्क वाहिर जानु,कम वोल्ने, झुटो बोल्ने, आखाँ जुधाएर कुरा नगर्ने, राता आँखा, राम्ररी नसुत्ने जस्ता ब्यबहार देखाउँछन् ।
आफ्नो सन्तान कुलतमा फसेको छ भन्ने थाहा पाएर अभिभावकले परामर्श को आवश्यकता पर्यो भनेर ल्याइदिए पछि लागु पदार्थ दुव्र्यसनीको नै भनेर परामर्श नदिने गरे पनि सामान्य परामर्श दिने गरेको रमा श्रेष्ठ बताउनु हुन्छ । श्वासप्रश्वासको अभ्यास, आरामदायी अभ्यास, मांसपेशीलाई कडा गर्ने, लुज गर्ने लगायतका अभ्यास गराउने गरिएको छ ।
आफ्नो परिवारको अवस्था, परिवारले गरेको लगानी बुझेर आफ्नो गल्ति महसुस गरी सुध्रिन चाहने व्यक्तिलाई परामर्शले धेरै सहयोग पुग्ने र धेरै जनमा परामर्श पश्चात सुधार आएको उहाँले बताउनु भयो । र परामर्श पश्चात घर परिवारले सन्तानको व्यवहार , आनी बानी लगायतका कुरामा ध्यान दिई माया देखाउन सक्नु पर्दछ ।
जसकारण दुव्र्यसनीको फसेको व्यक्तिलाई सकारात्मक कुरा स्वीकार गरी छिटो नै सामान्य अवस्थामा फर्किन सहयोग पुग्ने रमा श्रेष्ठ बताउनु हुन्छ । पहिलेको तुलनामा यातायात सञ्चालन भएपछिको लागूऔषध दुव्र्यसनी बढेको उहाँको भनाई छ ।
आजको समयमा समाजमा हुने हत्या, आत्महत्या र सडक सवारी दुर्घटना मध्य आधाजसो घटनाहरू लागूपदार्थ दुवर्यसन ले हुने गरेको पाइन्छ । लागूऔषध दुवर्यसनिले हाम्रो स्वास्थ्य, परिवार, समाज र सिङ्गो राष्ट्र सँगसँगै हाम्रा मूल्य मान्यता र परम्परा लाई धमिराले काठलाई झै खाएर खोक्रो बनाइरहेको छ ।
त्यसैले यसलाई नियन्त्रण गर्न सरकारले रोजगारीका कार्यक्रम सृजना गर्नु पर्छ, अभिभावकले आफ्ना सन्तानलाई आवश्यक समय दिने ,यसका कारण हुने हानि नोक्सानी बारे चेतना फैलाउने , सुरक्षा जाँचमा कडाइ गर्ने लगायतका प्रभावकारी कार्यक्रमको व्यवस्था गर्नु पर्दछ ।
गाँजा तथा अफिम खेती गर्ने किसानहरुलाई यो खेती गर्दा हुने बेफाइदाका बारेमा सचेत गराउँदै बैकल्पिक खेति तर्फ अग्रसर गराउन सचेतना तथा सहजीकरण गर्नुपर्दछ । लागु पदार्थबाट धेरैजसो युवाहरु प्रभावित हुने भएकोले विद्यालय तहमा भएको यस विषयको पाठ्यक्रमलाई बृद्धि गर्ने तथा कक्षा ७ देखि प्लस २ का पाठ्यक्रममा पनि यो विषय समावेश गर्नुपर्दछ ।
बिभिन्न पोस्टर, ब्रोसयर, पत्र पत्रिका तथा अन्य संचार माध्यमहरुबाट पनि चेतनामूलक प्रचार सामाग्रीहरु तयार गरि प्रचार प्रसार गर्ने गरेमा पनि केहि हदसम्म लागु पदार्थ दुव्र्यसनीका घटमा नियन्त्रण गर्न सकिन्छ। सरोकारवाला संघसंस्थाहरूले लागूऔषध नियन्त्रण कार्यक्रममा दक्ष, तालिमप्राप्त, पेशाविद् जनशक्तिको व्यवस्था गरेमा अहिलेको यो भयावह स्थितिलाई न्युनीकरण गर्न सहयोग पुग्ने छ ।
(लेखक : कटुवाल रेडियाे मातृभूमी एफ.एम. दैलेखकाे समाचार र कार्यक्रम विभागमा कार्यरत छन् ।)