बालबालिका आफैले निर्माण गरे बजेट र योजना
मातृभूमी संवाददाता । २६ वैशाख दैलेख
दैलेखको गुराँस गाउँपालिका स्तरीय बाल सञ्जालले हरेक बर्ष बालबालिका लक्षित कार्यक्रम तथा बजेट निर्माण गर्ने क्रममा आउँदो वर्षको लागि बालबालिका लक्षित बजेट तथा कार्यक्रमहरु तय गरेको छ । बालबालिकाको अर्थपूणर् सहभागिता गराउने उद्देश्यले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा योजना छनौट गरिएको हो ।
वडास्तरका बालबालिकाहरुको समेत सहभागितामा आयोजना गरिएको बाल भेलाबाट बालबालिकालाई प्रत्यक्ष लाभान्वित हुने योजनाहरुको प्राथमिकिकरण गरी विद्यालय खेल मैदान, बालविवाह रोकथाम, बृहत्तर यौनिकता शिक्षा जस्ता कार्यक्रम तय गरिएको जनाईएको छ । बजेटमा सार्वजनिक सुनुवाई, खेलकुद सामाग्री, विद्यालयमा खानेपानी र शौचालयको व्यवस्था, पालिकामा रहेको छाउपडी प्रथा न्यूनिकरण लगायत कार्यक्रम समावेश गरिएका छन् ।
२० वर्ष पुगी विवाह गरेका जोडीलाई सम्मान गर्ने कार्यक्रम समेत समेटिएको छ । योजना तर्जुमामा स्थानीयहरुको व्यापक सहभागिता गर्ने भनिए अनुसार बालबालिका सम्वन्धी कार्यक्रम बनाउन बालबालिकाकै सहभागितामा बालबालिका लक्षित कार्यक्रम तथा बजेट निर्माण गरिएको गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा खड्काको बताईन् ।