माओवादी केन्द्र दैलेखको नारायण नगरभेला सम्पन्न

मातृभूमी राजनितिक व्युरो । २६ वैशाख दैलेख
नेकपा माओवादी केन्द्रको नारायण नगर स्तरीय दोश्रो नगरभेला आज सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि केन्द्रीय सदस्य प्रेम कटुवालले पार्टी जनजीविकाका सवालहरुलाई वकालत र पैरबी गर्दै आएकोले दैलेखमा माओवादी केन्द्रप्रति आकर्षण बढेको बताए ।
कार्यक्रममा नेकपा माओवादीका प्रस्तावित केन्द्रीय सदस्य टेकबहादुर खाणले कार्यकर्तालाई कम्यूनिष्ट नीति र विचार निर्माण गर्न अध्ययन जरुरी हुने र हरेक विषयको द्वन्द्वात्मक तरिकाले विश्लेषण गर्नुपर्ने वताए ।
नारायण नगर कमिटी अध्यक्ष अजीत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कणर्ाली प्रदेश कमिटी सदस्य भेषराज थापा, जिल्ला संयोजक गोपाल रिजाल लगायतका नेताहरुले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई स्वागत समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *