जवरजस्ती करणी आरोपमा वावु पक्राउ
मातृभूमी संवाददाता । २६ वैशाख दैलेख
जवरजस्ती करणीको आरोपमा दैलेख प्रहरीले वावुलाई पक्राउ गरेको छ । दैलेखको नारायण नगरपालिका ८ तर्ताङका ३८ वर्षिय परीवर्तित नाम ६२ ज ९७ लाई आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको दैलेख प्रहरीले जानकारी दिएको छ ।
आफ्नै सहोदर छोरी १५ वर्षिया परिवर्तित नाम ६२ ज ९६ लाई कोठमा सुतिरहेको अवस्थामा मुख बुझी जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले वताए ।
निज आरोपितलाई दैलेख जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान भैरहेको डिएसपी लम्सालले जानकारी दिए ।