मानव सेवा नै सवैभन्दा ठुलो धर्म हो : मन्त्री विसी
मातृभूमी संवाददाता । २९ वैशाख दैलेख
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले मानव सेवा नै सवैभन्दा ठुलो धर्म भएको वताएका छन् । दैलेखको महावु गाउँपालिकामा संचालन भएको निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर कार्यक्रमको उद्घाटन गर्दै मन्त्री विसीले यस्तो वताएका हुन् ।
मन्त्री विसीले मानव शरिरको सवैभन्दा ठुलो र महत्वपुणर् अंग आँखा रहेको भन्दै यो शिविर पश्चात सयौँ आमावुवा, दाजुभाई, तथा दिदिवहिनीले नयाँ जिन्दगी पाएको अनुभुती गर्ने वताए ।
मन्त्री बिसिले भने, ‘हाम्रो शरीर स्वस्थ भयो भने मात्र हामीले विभिन्न कामकाज गर्न सक्छौं । स्थानीय सरकारले घर आगनमै मोतिबिन्दु आँखा शिविर संचालन गरेकोले राम्रोसँग सेवा लिन आम महावुबासीलाई अनुरोध गर्दछु । यो शिविर संचालन गर्न सहयोग गर्ने सम्पुणर्लाई मेरो व्यक्तिगत तर्फवाट र मन्त्रालयको तर्फवाट धन्यवाद दिन चाहान्छु ।’
शिविरमा महावु गाउँपालिकाका नि.वर्तमान अध्यक्ष जंगवहादुर शाहीले आफ्नो पालामा स्वास्थ इकाई टोल बस्तीमा स्थापना गरि सिटामोल खानेसम्म बाताबरण सिर्जना गरेको वताए । शाहीले कोभिड महामारीमा प्रयाप्त सामाग्री जोडेको भएपनि अझै नपुगेको र आगामी दिनमा स्वास्थ्य जस्तो क्षेत्रमा अझै ब्यबस्थापन गर्न लागिपर्ने बताए ।
महावु गाउँपालिका दैलेखका कार्यवाहक अध्यक्ष मन्जु शर्मा पाण्डेले स्थानीय सरकार एकदमै नजिको सरकार रहेको र आफुहरु निर्वाचित भएर आईसकेपछी हरेक उपचार सहित सेवा सुबिधा गाउँ बस्तीबाट प्रवाह गरेको बताइन् । नेपाल रेडक्रस दैलेखका अध्यक्ष निराजन केसि, महावु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश बुढा, प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्याय, सामाजिक विकास शाखा संयोजक रमेशकुमार दसौदी, डा. मन्जु पन्त खड्का लगाएतले आ-आफ्नो भनाई राखेका थिए ।